मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, १६ : ३७
मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द भएको छ ।कोभिड १९ संक्रमण फैलिएसँगै गोरखा जिल्ला प्रशासनले आज बुधबारबाट लागू हुने गरी बन्द गरिएको गोरखा जिल्ला साहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरस बढेकाले मनकामना मन्दिरमा पूजा तथा दर्शन गर्नका लागि रोक लगाइएको हो । यसका साथै गोरखा जिल्ला प्रशासनले अन्य मठ मन्दिर, तथा सार्वजानिक ठाउँहरुलाई बन्द गर्ने निर्णय गरेको भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस