अस्पतालमै छैन सिटामोल

पत्रपत्रिकाबाट

शनिबार, १७ चैत्र २०७४, ०६ : ५८
अस्पतालमै छैन सिटामोल

जाजरकोट :  सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैनन् । जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव भएको छ । यहाँ सिटामोल र जीवनजलसमेत पाइन छाडेको सेवाग्राहीको गुनासो छ ।

बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा एवं सरकारले निःशुल्क वितरण गरिने औषधि नपठाउँदा समस्या आएको हो।अहिले अस्पतालमा सिटामोल, जीवनजल, आइरन चक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिसिलीन, बुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रोलगायत अत्यावश्यक औषधिको अभाव छ ।

मौसम परवर्तनसँगै अस्पतालमा बिरामीको चाप बढ्दो छ। तर, निःशुल्क पाइने औषधिसमेत नपाइँदा सेवाग्राही मर्कामा छन्। भेरी नगरपालिका–२ की विमला थापा टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएपछि जिल्ला अस्पताल आइन्। चेकजाँचपछि उनलाई डाक्टरले औषधि लेखिदिए। तर, अस्पतालमा औषधि पाइनन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस