वीरगञ्जमा थप एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, ११ : ५६
वीरगञ्जमा थप एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु

वीरगञ्ज । कोरोना संक्रमण बढेसँगै वीरगञ्जमा थप एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइ रहेका एक पुरुषको बुधबार बिहान मृत्यु भएको छ।

सर्लाही मलङवा नगरपालिका २ निवासी ४२ वर्षका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक हिजो (मंगलबार) अस्पताल भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस