कोरोना अपडेट : थपिए १६ सय ६७ जना संक्रमित, ११ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०७ बैशाख २०७८, १७ : ३७
कोरोना अपडेट : थपिए १६ सय ६७ जना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार २ सय ५१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७५ हजार ८ सय ६ पुगेको छ। हाल देशभर ८ हजार ६ सय ५९ सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय २ पुगेको छ।

प्रतिक्रिया दिनुहोस