पूर्वाञ्चल विश्वविद्यालयबाट पुनः परिक्षा नहुदै प्रश्नपत्र बाहिरियो

सफल खबर संवाददाता

मंगलबार, ०७ बैशाख २०७८, ११ : १२
पूर्वाञ्चल विश्वविद्यालयबाट पुनः परिक्षा नहुदै प्रश्नपत्र बाहिरियो

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा पुनः अर्को विषयको प्रश्नपत्र परीक्षाअघि सार्वजनिक भएको छ । केही दिन अघि मात्रै पनि एउटा विषयको प्रश्नपत्र परीक्षा हुनुअघि नै थियो । 

केही दिनअघि इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षाभन्दा दुई घण्टाअघि बाहिरिएको थियो । सोही विषयलाई लिएर प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

आइतबार इन्जिनियरिङ संकायकै दोस्रो सेमिस्टरको हाइड्रोलिक विषयको प्रश्नपत्र बाहिरिएको हो । सोमबार हुने स्टिल विषयको प्रश्न पनि परीक्षाअघि नै सार्वजनिक भएको आशंकामा परीक्षा कार्यालयले अर्को प्रश्नको व्यवस्था गरेको विश्वविद्यालय स्रोतले जनाएको छ  ।

विश्वविद्यालयले लिने हरेक प्राविधिक विषयको प्रश्नपत्र परीक्षा पहिला नै शृंखलाबद्ध रूपमा बाहिरिँदै आएको परीक्षा नियन्त्रक प्राडा सूर्यप्रसाद संग्रौलाले स्विकारेका छन् ।

यसमा परम्परागत ठूलो सञ्जाल सक्रिय रहेका कारण पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणालीलाई भरपर्दो बनाउन र यसलाई सुधार गर्न गाह्रो भएको उनको भनाइ छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । परीक्षाको गोप्य शाखाका कर्मचारी नै प्रश्नपत्र बाहिर पुर्‍याउन संलग्न रहँदै आएको विश्वविद्यालय स्रोतको दाबी छ । 

प्रतिक्रिया दिनुहोस