पूर्वाञ्चल विश्वविद्यालयको सभाबाट एक अर्ब ७० करोड बजेट स्वीकृत

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०८२, १६ : ०९
पूर्वाञ्चल विश्वविद्यालयको सभाबाट एक अर्ब ७० करोड बजेट स्वीकृत

काठमाडौँ। पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु. एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय-व्यय विवरण स्वीकृत भएको हो । 

यस्तै उपकुलपति प्रा. डा. बिजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।  सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबिबिएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ । 

प्रधानमन्त्री एवं कुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष लाग्नु पूर्व नै सबै विश्वविद्यालयको सभा बैठक आयोजना भई बजेट स्वीकृतिको क्रम जारी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस