काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन केही महिना बाँकी छँदै गुरुङले पदबाट राजीनामा दिएका हुन् । सीईओ गुरुङले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृति समेत गरेको छ ।
बैंक श्रोतले दिएको जानकारी अनुसार १७ वैशाखदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको छ । गुरुङले सीईओबाट राजीनामा दिए पछि कार्यबाहक सीईओको जिम्मेवारी सुनिलकुमार पोखरेलले पाउने भएका छन् ।
पोखरेल अहिले बैंकको नायम प्रमुख कार्यकारी अधिकृत रहेका छन् । केही समय कार्यबाहकको भूमिका दिने र त्यसपछि पोखरेललाई नै सीईओको नियुक्ति दिने बैंक सञ्चालक समितिको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ बैशाख २०७८, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले दिए राजीनामा
मुख्यमन्त्रीले स्वकीय सचिवमार्फत प्रदेश प्रमुख कार्यालयमा राजीनामा बुझाए
राज्यमन्त्रीको राजीनामा महिना दिन देखि प्रधानमन्त्री कार्यालयमा किन थन्कियो ?
देउवाको निर्देशनपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन