संसद अधिवेशन अन्त्य गर्नेबारे कुनै परामर्श भएको थिएन् : सभामुख सापकोटा

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १३ : ५२
संसद अधिवेशन अन्त्य गर्नेबारे कुनै परामर्श भएको थिएन् : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य गर्नेबारे आफूसँग कुनै परामर्श नभएको बताएका छन् ।आफ्नै कार्यकक्ष सिंहदरबारमा सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल नै नगरेको बताए ।

‘अधिवेशन अन्त्य गर्नेबारे मसँग कुनै सल्लाह भएको थिएन,’ उनले भने ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसद अधिवेशन अन्त्य गरेकी छन् । मं‍गलबार संसद बैठक तय भइसकेको अवस्थामा संसद अधिवेशन अन्त्य भएको हो ।

प्रतिक्रिया दिनुहोस