काठमाडौं । एमाले नेता माधव कुमार नेपााले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु भन्ने धम्की दिएकाले उसैलाई सिध्याइदिएको बताएका छन् ।
आफू पक्षीय नेता कार्यकर्तालाई आइतबार काभ्रेको बनेपामा सम्बोधन गर्दै नेता नेपालले ओलीको शैलीका कारण यस्तो नतिजा आएको पनि दावी गरे । ‘कर्णालीमा म हुँ प्रदेश प्रमुख, मुख्यमन्त्री म बन्दैछु, मैले भनेको आदेश नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि मर्ता क्या नै कर्ता भनेजस्तो उसैलाई सिध्याइदिए, अहिले उनको बिजोग भएको छ’, उनले भने, ‘म अल्पमतमा पर्ने गल्ती गर्दिनँ, म बहुमत हुँ ।
मेरो आदेश पालना गर्नुपर्छ भन्ने सोचका कारण हो । ओलीलाई संगठन, विधि चाहिएको छैन।’ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिने क्रममा नेपाल पक्षका ४ सांसदले फ्लोर क्रस गरेका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ बैशाख २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार