कोरोना अपडेट : थपिए १ हजार १५ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, १७ : ०२
कोरोना अपडेट : थपिए १ हजार १५ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार २ सय ६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७५ हजार ३ सय  पुगेको छ। हाल देशभर ६ हजार २ सय ९० सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस