म कसैको दबावमा काम गर्दिनँ  : सभामुख सापकोटा

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, १६ : ३०
म कसैको दबावमा काम गर्दिनँ  : सभामुख सापकोटा

काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले  कसैको दबावमा काम गर्न नसक्ने बताएका छन् ।संसदलाई घेरबन्दी गर्न खोजिएको भन्दै उनले अमेरिकाको मिलेनियन च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता झण्डै दुई वर्षदेखि रोकेको बताए ।

उनले भने ,प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखको निरन्तर आलोचना गर्दै आएका छन् । शनिबार सर्वदलीय बैठकमा पनि सभामुखको आलोचना गर्दै उनले एमसीसीलाई संसदको विजनेस बनाउन दलहरुको सहमति खोजेका थिए ।

प्रधानमन्त्रीको नाम नलिई सभामुख सापकोटाले भने संसदलाई घेराबन्दी गर्न खोजिएको र सभामुखले आफ्नो पक्षमा भूमिका खेलोस् भन्ने चाहेको बताए ।नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा सभामुख सापकोटाले भने, ‘सभामुख तटस्थ होइन, आफ्नो पक्षमा होस् भन्ने चाहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस