गोर्खा सैनिकका  लोकभाका र कथा प्रकाशित

रासस

आइतबार, ०५ बैशाख २०७८, १४ : ५५
गोर्खा सैनिकका  लोकभाका र कथा प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथ सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो । 

प्रथम विश्वयुद्धमा बेलायतका पक्षबाट युद्ध गर्ने गोर्खाली सैनिक जर्मनीमा बन्दी बनाइएका समयमा जर्मनेली प्रा हाइनरिक ल्युडर्सद्वारा तिनको बासस्थानमा नै गएर अभिलेख गरिएका र जर्मनीको हुम्बोल्ड विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा आजसम्म पनि सुरक्षित राखिएका लोकसामग्रीको सूचना पाएपछि प्रज्ञा–प्रतिष्ठानले सङ्कलन गरी प्रकाशन गरेको हो ।

प्रज्ञा–प्रतिष्ठान, साहित्य ९बालसाहित्य र लोकवार्ता० विभागको अनुसन्धान परियोजनाअन्तर्गत रहेर हाल अष्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत डा अलका आत्रेयले ती सामग्रीलाई ध्वनिबाट लिपिमा उतार्ने काम गर्नुभएको हो । तीन परिच्छेदमा विभाजित सो कृतिको पहिलो परिच्छेदमा प्रस्तुत सामग्रीको स्रोत, खोजी र प्राप्तिका सन्दर्भमा महत्वपूर्ण जानकारी प्रस्तुत गरी विश्लेषण गरिएको तथा दोस्रो परिच्छेदमा गोर्खाली युद्धबन्दीका लोकभाका र कथा राखिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस