चितवन (माडी) । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा नै विकासको प्रमुख आधारशीला भएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले माडीको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले समग्र माडीको शिक्षा, स्वास्थ्य र रोजगारीको विकासमा आफू निरन्तर लागिरहेको बताउँदै शिक्षाको विकास अझ बढी ध्यान दिने बताए । उनले भने, ‘नेपालमा प्राविधिक शिक्षाको विकास गरेर दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य हामीले राखेका छौँ, त्यही रुपमा यस प्राविधिक शिक्षालयले उत्पादन गरेको जनशक्ति उदाहरणीय बनोस् भन्ने म चाहन्छु ।
अध्यक्ष प्रचण्डले दिवाकर स्मृति प्राविधिक शिक्षालय निर्माणमा हिजो आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउँदै भने, ‘आगामी दिनमा पनि यसको विकासमा मैले प्रभावकारी भूमिका निभाउनेछु ।’
माडीको विकासमा महत्वपूर्ण भूमिका आफूले खेलेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘यहाँ नयाँ सडक बनिरहेका छन्, पुलहरु बन्नेक्रममा छन् । रिउको तटबन्धको कार्य पनि अगाडि बढेको छ । यस क्षेत्रको विकासमा मैले महत्वपूर्ण जिम्मेवारी निभाउने नै छु ।’ अध्यक्ष प्रचण्ड आज माडीका विभिन्न ठाउँमा पुगेर माडीवासीलाई संवोधन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ बैशाख २०७८, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग