चितवन (माडी) । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा नै विकासको प्रमुख आधारशीला भएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले माडीको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले समग्र माडीको शिक्षा, स्वास्थ्य र रोजगारीको विकासमा आफू निरन्तर लागिरहेको बताउँदै शिक्षाको विकास अझ बढी ध्यान दिने बताए । उनले भने, ‘नेपालमा प्राविधिक शिक्षाको विकास गरेर दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य हामीले राखेका छौँ, त्यही रुपमा यस प्राविधिक शिक्षालयले उत्पादन गरेको जनशक्ति उदाहरणीय बनोस् भन्ने म चाहन्छु ।
अध्यक्ष प्रचण्डले दिवाकर स्मृति प्राविधिक शिक्षालय निर्माणमा हिजो आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउँदै भने, ‘आगामी दिनमा पनि यसको विकासमा मैले प्रभावकारी भूमिका निभाउनेछु ।’
माडीको विकासमा महत्वपूर्ण भूमिका आफूले खेलेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘यहाँ नयाँ सडक बनिरहेका छन्, पुलहरु बन्नेक्रममा छन् । रिउको तटबन्धको कार्य पनि अगाडि बढेको छ । यस क्षेत्रको विकासमा मैले महत्वपूर्ण जिम्मेवारी निभाउने नै छु ।’ अध्यक्ष प्रचण्ड आज माडीका विभिन्न ठाउँमा पुगेर माडीवासीलाई संवोधन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ बैशाख २०७८, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड