कोरोना अपडेट : थपिए ७ सय ६८ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, १६ : ३५
कोरोना अपडेट : थपिए ७ सय ६८ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ६८  जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार २ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ। हाल देशभर ५ हजार ५ सय ४५ सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस