जनस्वास्थ्यका सुरक्षात्मक उपाय  कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट  आह्वान

रासस

शनिबार, ०४ बैशाख २०७८, १५ : ०४
जनस्वास्थ्यका सुरक्षात्मक उपाय  कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट  आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन् । 

उनले आज अपराह्न ट्वीट गर्दै  नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण  नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस