कैलालीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, ०९ : ०६
कैलालीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

कैलाली । कोरोना संक्रमण तिव्र बनेसंगै मृत्यु हुनेक्रम पनि दिनदिनै बढन थालेको छ । कैलालीमा आज शनिबार थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कन्चनपुर बेदकोट–१० का ८१ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास प्रस्वाससम्बन्धी समस्या लिएर शुक्रबार अस्पताल पुगेको उनमा शुक्रबारनै संक्रमण पुष्टि भएको थियो । 

उनको भेन्टिलेटरमा राखेर उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका जनाएको छ । कोरोना अस्पतालमा १६ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये २ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया दिनुहोस