काठमाडौं । मौसमको खराबीले मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी बिग्रिएपछि अन्तरराष्ट्रिय उडानका केही एयरलाइन्स डाइभर्ट भएका छन् भने आन्तरिकतर्फ सात उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अन्तरराष्ट्रियतर्फ दमामबाट आइरहेको हिमालय एयरलाइन्सको जहाज बनारस डाइभर्ट भएको छ । दिल्लीबाट आएको एयर इण्डियाको जहाज पनि बनारस डाईभर्ट गरिएको छ । दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एयरवेज कोलकात्ता डाईभर्ट भएको छ । यस्तै नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाज दिल्लीबाट काठमाडौँ आउँदै गरेकामा मौसम खराबीले उतै फर्किएको विमानस्थलले जनाएको छ ।
आन्तरिकमा बुद्ध र यतीका सात उडान विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् । काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा अपराह्नपछि मौसम बद्ली भई चट्याङ्ग÷हावाहुरीसहितको वर्षा भएको छ । काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँमा १२ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी धनकुटामा १५ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०३ बैशाख २०७८, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित
उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा
कैँची हराएपछि जापानमा दर्जनौँ उडान रद्द
धनगढी उड्न लागेको विमान धावनमार्गबाट फर्काइयो
बन्द भएको छ वर्षपछि भोजपुर-विराटनगर उडान सुरु
मौसम खुलेसँगै शुरू भयो १ हप्तादेखि प्रभावित मन्थली–लुक्ला उडान