सूदूरपश्चिम प्रदेशमा ओली पक्षबिनै एमाले संसदीय दलको बैठक सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १८ : ०४
सूदूरपश्चिम प्रदेशमा ओली पक्षबिनै एमाले संसदीय दलको बैठक सुरु

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक बसिरहेको छ । प्रदेशसभा संसदीय दलको कार्यालयमा जारी बैठकमा ओली पक्षका सांसदहरू उपस्थित छैनन् ।

बैठकले एमाले संसदीय दलको विधान पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सदस्य लालबहादुर खड्काले जानकारी दिए । सबैलाई खबर गरिएपनि ओलि पक्षका सांसद कोही नआएको उनको भनाइ छ ।५२ जना सांसद रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन् । तीमध्ये ओली पक्षमा ६ जनामात्रै छन् ।

प्रतिक्रिया दिनुहोस