काठमाडौं । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गरेका छन् । उनीहरुल फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका छन् । एमालेका सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई समर्थन गरेका हुन् ।
सांसदले फ्लोर क्रस गर्दा कर्णालीमा शाही सरकार जोगियो । योसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ बैशाख २०७८, १७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्नुपर्ने दबाबमा एमाले
एमालेका पूर्व सांसद वासुदेव घिमिरेले छाडे पार्टी
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक