कोरोना अपडेट : थपिए ८ सय ३६ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १७ : ०८
कोरोना अपडेट : थपिए ८ सय ३६ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ३६  जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार २ सय ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको छ। हाल देशभर ५ हजार ८ सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ।

प्रतिक्रिया दिनुहोस