काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।
एक सार्वजनिक अपिल जारी गर्दै आज उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल र सभा सदस्यलाई नेकपा (माओवादी केन्द्र) प्रदेशसभादलका नेता तथा मुख्यमन्त्री शाहीको पक्षमा मत दिन अपिल गर्नुभएको हो ।
माओवादी केन्द्र नेतृत्वको सरकारले तीन वर्षदेखि कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ लागि परेको जिकिर गर्दै उहाँले यहाँको विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्य एकताबद्ध रहेको तथ्य स्पष्ट भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “प्रदेशसभामा व्यक्त सार्वजनिक प्रतिवद्धता विपरित केही व्यक्तिको सत्ता स्वार्थका कारण सरकारको साझेदार दल नेकपा (एमाले) ले हाम्रो दल नेतृत्वको प्रदेश सरकारबाट समर्थ फिर्ता लिएको छ, यस कदमले राजनीतिक अस्थिरता निम्तिनुका साथै कर्णालीको समग्र विकास र समृद्धिको जनअपेक्षामा कुठाराघात हुने सुनिश्चित छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०२ बैशाख २०७८, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै