बाँकेमा बल्झिँदै कोरोना सङ्क्रमण

रासस

विहीबार, ०२ बैशाख २०७८, २० : ११
बाँकेमा बल्झिँदै कोरोना सङ्क्रमण

काठमाडौं । कोरोना भाइरस–१९ को शुरुआतमै गत वर्ष केन्द्रबिन्दु बनेको बाँकेमा अहिले सङ्क्रमण बल्झिएको छ । बितेको सात दिनमा ३६६ सङ्क्रमित थपिएको बाँकेमा बुधबारको परीक्षणमा १२३ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार, गत वर्ष कोरोना महामारीले सताएको बाँकेमा यतिबेला महामारी पुरानै अवस्थामा फर्किएको छ । विगतमा जस्तो कोरोनाका बारेमा विल्कुलै जानकारी नभएको, प्रयोगशाला, जनशक्ति र अस्पताल नभएको पनि होइन, तर महामारी सकिएको ठानेर ती संयन्त्रलाई तयारी अवस्थामा नराख्दा समस्या बल्झिएको हो ।

मापदण्ड कार्यान्वयनमा बेवास्थाका कारण बाँके कोरोना सङ्क्रमणको केन्द्रबन्दिु बनेको छ । दैनिक सय बढी सङ्क्रमित थपिने बाँकेमा कोरोना भाइरस सङ्क्रमणप्रतिको सतर्कता र स्वास्थ्य मापदण्डलाई ख्याल नगरी नागरिकको भीडभाड सामान्य अवस्थामा जस्तै हुने गरेको छ । 

तरकारी, फलफूल बजार र दैनिक उपभोग्य सामग्री किनमेल हुने पसलमा मास्क, सेनिटाइजर प्रयोग नगरी सर्वसाधारणको भीडभाड हुने गरेको छ । विद्यालयले पनि मापदण्ड पूरा नगरी पठनपाठन सञ्चालन गरिरहेका छन् । सभासम्मेलन, उत्सव र फनपार्कमा नागरिकको भीभाडमा उस्तै छ जसका कारण बालबालिका, किशोरकिशोरी र युवामा बढी  सङ्क्रमण देखिएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस