गण्डकीका मुख्यमन्त्री विरुद्ध आजै अविश्वासको प्रस्ताब दर्ताको तयारी

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, ०७ : २७
गण्डकीका मुख्यमन्त्री विरुद्ध आजै अविश्वासको प्रस्ताब दर्ताको तयारी

काठमाडौं । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका बिरुद्ध आजै अविश्वास प्रस्ताब दर्ताको तयारी शुरु भएको छ । काग्रेस, माओवादी केन्द्र, राष्टिय जनमोर्चा र जनता समाजवादी पार्टीले संयुक्त रुपमा मुख्यमन्त्री गुरुड विरुद्ध अविश्वासको प्रस्ताबको तयारी गरेका हुन् ।त्यसका लागि आजै सर्वदलीय बैठकको तयारी छ । काग्रेस, माओवादी र जनमोर्चाले आफना सांसदहरुलाई पोखरा बोलाईसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काग्रेस सभापति शेरवहादुर देउवाका  बिचमा तीन चरणमा भएको छलफल पछि मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने समझदारी वनेको हो । समझदारीसागै त्यहाँ काग्रेसका प्रदेशसभा दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने समझदारी जुटिसकेको छ ।

प्रदेश सभामा ६० सदस्यीय प्रदेश सभा छ । जसमध्ये एमालेसँग २७, काग्रेससाग १५, माओवादी केन्द्य्रसँग १२ , राजमोसँग ३ र जसपासँग २ सांसद छन् । अर्का एक जना भने स्वतन्त्र सांसद छन, दिपक मनाङगे । उनले सरकारको नेतृत्व गरिरहेको एमालेलाई नै साथ दिएपनि मुख्यमन्त्रीसँग बहुमत छैन ।

हिजो मात्रै ३ सिट रहेको राष्टिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय सार्बजनिक गरेसगै मुख्यमन्त्री गुरुडको पद धरापमा परेको हो ।सरकार सञ्चालनका लागि गण्डकी प्रदेशमा ३१ सांसद आवश्यक पर्छ । एमालेलाई राष्टिय जनमोर्चाका सांसद सरकार टिकाउन अनिवार्य आवश्यक पर्छ । तर केन्द्रवाटै चित्र  बहादुर केसीले प्रतिगमनतिर ओली लागेको र त्यसैको मतियार मुख्यमन्त्री पनि  बनेका कारण मत दुरुपयोग गर्नेलाई समर्थन दिईरहन नसक्ने प्रष्ट पारेपछि एमाले इतरको गठवन्धन निर्माण हुन लागेको हो ।

माओवादी केन्द्रका गण्डकी प्रदेशका इन्चार्ज समेत रहेका नेता देवेन्द्र पौडेलले मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताबमा आजै बिहानको छलफलले टुंगो लगाउने बताएका छन् । आजै बिहानको छलफल हामी वस्दैछौं, त्यसले टुंगो लाग्छ, पौडेलले सफलखबरसंग भने ।

काग्रेस, माओवादी र जनमोर्चाले आफना सांसदलाई पोखरा वोलाएको र छलफल डाकेकोले आजै हस्ताक्षर सम्भव भए आजै र नभएपनि भोलिसम्ममा मुख्यमन्त्रीका विरुद्ध अविश्वास प्रस्ताब दर्ता हुने भएको छ ।

गण्डकीको वाछिटाले ओली सरकारलाई धक्का लाग्ने देखिएको छ । गण्डकीको प्रयास सफल भएसागै लुम्विनीमा पनि गठवन्धन फेर्ने तयारी शुरु भएको छ । त्यहाँ भने माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री वनाउने गरी भित्री तयारी शुरु भएको छ ।

काग्रेस र माओवादी केन्द्रले प्रदेशवाट सरकार फेरवदलको कसरथ शुरु गरेका छन् ।मंगलवार प्रचण्ड र देउवावीच महाराजगन्जको एक ब्यापारी (जो देउवाका ससुराली खलका हुन्) को निवासमा भएको छलफलले गण्डकी , लुम्विनी लगायतका प्रदेश सरकार हेरफेरका विषयमा छलफल चलेको थियो । 

वुढानिलकन्ठस्थित स्रोतका अनुसार, अव प्रदेशवाटै ओलीको प्रतिगमनकारी कदमका विरुद्ध साझा मोर्चावन्दी गरेर जाने तयारीमा दुई नेताका वीचमा समाझदारी जुटेको छ । 

प्रतिक्रिया दिनुहोस