सरकार ढलाउने सपना नदेखे हुन्छ : रायमाझी

रासस

मंगलबार, ३१ चैत्र २०७७, २० : ०७
सरकार ढलाउने सपना नदेखे हुन्छ : रायमाझी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार कसैले ढलाउन नसक्ने बताउनुभएको छ । उहाँले सरकार ढलाउन नसक्ने देखेपछि नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको बताउनुभयो । माओवादीले समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने अवस्था नभएको दावी उहाँको थियो । 

प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभयो । यदी माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमालेले अन्य दलको समर्थन जुटाएर सरकार बनाउने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति तोकेको विषय निरकुङ्शतावादी हो या लोकतन्त्रवादी हो भनेर समयले बताउने उहाँले तर्क गर्नुभयो । देशलाई निकास दिने पार्टी एमाले र नेता केपी ओलीमात्र भएको उहाँको जिकिर गर्नुभयो ।