कोरोना अपडेट : थपिए ४ सय ९६ जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ३० चैत्र २०७७, १६ : ५८
कोरोना अपडेट : थपिए ४ सय ९६ जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १ सय ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ। हाल देशभर ३ हजार ३ सय ६ सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ।

   

प्रतिक्रिया दिनुहोस