आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, ३० चैत्र २०७७, ०७ : ५९
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार पश्चिम तथा पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने र  अरु क्षेत्रमा सामान्यतया सफा रहने जनाएको छ ।

स्थानीय वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेका कारण मौसम केही क्षेत्रमा प्रभावित भइरहेको महाशाखाको भनाई छ ।  अहिले अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका धेरै स्थानमा तुँवालो लागेको छ । सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने छ ।

पहाडी भू–भागका थोरै स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका केही भू–भागमा तुँवालोको असर रहने छ । यसैगरि राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस