कोरोना अपडेट : थपिए ३ सय ३ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०७७, १६ : ३५
कोरोना अपडेट : थपिए ३ सय ३ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार २८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १ सय ४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार २७ पुगेको छ।

हाल देशभर २ हजार ९ सय ६१ सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४० पुगेको छ।

प्रतिक्रिया दिनुहोस