कोरोना अपडेट : थपिए ३ सय ३७ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २८ चैत्र २०७७, १६ : १७
कोरोना अपडेट : थपिए ३ सय ३७ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १ सय ५१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ८ सय ८६ पुगेको छ।

हाल देशभर २ हजार ८ सय  सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस