एक यस्तो शहर जहाँ प्रत्येक १७ घण्टामा एक अर्बपति थपिन्छन्....

एजेन्सी

शुक्रबार, २७ चैत्र २०७७, १० : २५
एक यस्तो शहर जहाँ प्रत्येक १७ घण्टामा एक अर्बपति थपिन्छन्....

एजेन्सी । चिनियाँ राजधानी बेइजिङ अब विश्वकै सबैभन्दा धेरै अर्बपतिहरु बस्ने सहर भएको छ । फोर्ब्सको नयाँ सूचीले अघिल्लो वर्ष बेइजिङमा ३३ जना अर्बपतिहरु थिए भने यस वर्ष त्यहाँ बसोबास गर्ने धनाढ्यहरुको सङ्ख्या बढेर १ सय पुगेका छ ।

यसपछिको अर्बपतिहरुको रोजाइको अर्को शहर भनेको अमेरिकाको न्युयोर्क सिटी हो जसले पछिल्लो सात वर्षदेखि आफ्नो शिर्ष स्थान कायम गर्दै आएको थियो । तर योपटक न्युयोर्कलाई बेइजिङले पछि पारेको छ । कोभिड महामारी पश्चात् प्रभावित अर्थतन्त्रको तिव्र पुनःनिर्माण एवम् वृद्धि, प्राविधिक फर्महरुको उदय र स्टक मार्केटले पनि यसलाई शिर्ष स्थान दिलाउन मद्दत गरेको छ । 

तर पनि बेइजिङमा रहेका अर्बपतिहरुको कूल सम्पति मिलाउँदा न्युयोर्ककाको तुलनामा अझै कम हुन्छ । बेइजिङका सबैभन्दा धनी वासिन्दा जाङ यिमिङ भिडियो शेयरिङ एप, टिकटकका संस्थापक हुन् जसको कूल सम्पति ३५।६ अर्ब डलर रहेको छ । न्युयोर्कमा चाहिँ सबैभन्दा धनी, मेयर माइकल ब्लुमबर्गको सम्पति ५९ अर्ब डलर रहेको छ । 

महामारीका बेलामा विशेषगरी प्राविधिक क्षेत्रमा चीन र अमेरिका दुवै देशले अत्याधिक प्रगति गरेका छन् । यसैका कारण कम्पनीका संस्थापक र शेयरहोल्डरहरुको व्यक्तिगत सम्पतिमा ठूलो वृद्धि आएको हो । चीनका आधा भन्दा धेरै नयाँ अर्बपतिहरुको सम्पति प्राविधिक कम्पनीबाट रहेको छ जसमा महिला अर्बपति केट वाङले चाहिँ इ–सिगरेटबाट मनग्य आम्दानी गरेकी हुन् । 

प्रत्येक १७ घण्टामा नयाँ अर्बपति 
गतवर्ष विश्वव्यापी रुपमा ४९३ नयाँ व्यक्तिहरु अर्बपतिको सूचीमा समावेश भएका छन् जसमा फोर्ब्सका अनुसार प्रत्येक १७ घण्टा नयाँ अर्बपतिको जन्म भएको थियो । भारतमा मात्र अर्बपतिहरुको सङ्ख्या विश्वकै तेस्रो ठूलो, १४० रहेको छ । 

प्रतिक्रिया दिनुहोस