कठमाडौं । नेपाली कांग्रेस सहित प्रमुख तीन राजनीतिक दलहरुबीच आज मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने भएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ३ बजेका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गरेका हुन् ।
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो । सरकार परिवर्तन हुनुपर्ने भनेर काँग्रेसले निर्णय नै गरिसकेको अवस्थामा बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०७७, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो