काठमाडौं । नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव झस्किएका छन्। उनलाई पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले साथ दिएका छन्। भट्टराई र यादव कुनै पनि अवस्थामा एमालेसँग मिल्ने पक्षमा छैनन्।
उनले सार्वजनिक रूपमै ‘दिमाग खुस्केकाहरू मात्र ओलीसँग मिल्नछन्, हामी मिल्दैनौं,’ भन्ने गरेका छन। तर उनकै पार्टीका अध्यक्ष ठाकुर ओलीसँग मिल्न अन्तिम तयारी गर्दै छन्। यसबीचमा, प्रधानमन्त्री र ठाकुरबीच धेरैपटक भेट भइसकेको छ। कहिले एक्लै र केहीले गोप्य भइरहेको छ। ठाकुरनिकट नेता तथा कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जसपाका कार्यकर्ताहरूमाथि लगाइएका मुद्दा फिर्ता गर्ने र बन्दी रिहाइ गर्न प्रक्रिया सरकारले अघि बढाएको बताए।
ठाकुरनिकट नेताहरू ओली सरकारले माग पूरा गरेमा ओलीसँग मिलेर जान सकिने बताउँदै आएका छन। तर यादव निकट नेताहरू ओलीसँग कुराकानी गर्न समेत चाहन्नन्। त्यसैले ओलीसँग भेटघाट गर्दा भट्टराई र यादव सहभागी हुने गर्दैनन्। ठाकुर र ठाकुरनिकट नेताहरूले मात्र ओलीसँग कुराकानी गर्ने गरेका छन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २६ चैत्र २०७७, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकता जोगाउन खनाल–नेपालसहित १५ नेताको सयुक्त अपिल
राष्ट्रिय सभाको उपनिर्वाचन जेठ ६ मा
रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ ६ गते उपनिर्वाचन हुने
वार्ताबाट निस्केपछि नेपालले भने, ‘म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन’
ओली-नेपालको वार्ता डेढ घन्टामै सकियो
धरहरा हेर्दाहेर्दै होला त आइसब्रेक !