माओवादी गण्डकी प्रदेश सरकारबाट बाहिरिने , दुई मन्त्रीले बुझाए राजीनामा

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०७७, १३ : २७
माओवादी गण्डकी प्रदेश सरकारबाट बाहिरिने , दुई मन्त्रीले बुझाए राजीनामा

काठमाडौं । गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिने भएको छ । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी पार्टीलाई ब्युँताउने फैसाला गरेपछिको अवस्थामा माओवादी सरकारबाट बाहिरिन लागेको हो । गण्डकी प्रदेशका आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका छन् ।

माओवादी संसदीयदलका नेतासमेत रहेका चुमानले आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए ।माओवादी संसदीय दलको बुधबार विहान बसेको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको प्रदेश अर्थ विकास समितिका सभापति एवं माओवादी केन्द्रका सांसद दीपक कोइरालाले जानकारी दिए । 

 

 

प्रतिक्रिया दिनुहोस