गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्रीले राजीनामा दिने

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०७७, १२ : १६
गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्रीले राजीनामा दिने

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ ।

पार्टीको निर्देशन अनुसार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर पुनले राजीनामा दिने भएका हुन् ।

उनीहरूले आज साँझसम्म राजीनामा गर्ने प्रतिबद्धता जनाएको माओवादी सांसद दीपक कोइरालाले बताए ।संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस