कोरोना सङ्क्रमणबाट कतारमा थप तीन नेपालीको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, १० : ०४
कोरोना सङ्क्रमणबाट कतारमा थप तीन नेपालीको मृत्यु

एजेन्सी । कोरोना भाइरस सङ्क्रमणबाट कतारमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार कतारमा तीन र रुसमा एक नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको बताए ।

कतारमा पछिल्लो समय कोरोना संक्रमण त्रिब्र रुपमा फैलिरहेको छ । यहाँ पछिल्लो २४ घण्टा ९१० जनामा संक्रमण देखिएको छ भने ४८९ जना उपचारपछि निको भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा थप तीन संक्रमितको पनि मृत्यु भएको छ । ४४, ४५ र ५८ वर्षीय नागरिकको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।

कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८४ हजार ३३४ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ६६ हजार ४४१ पुगेको छ । मन्त्रालयका अनुसार कतारमा अहिले १७ हजार ५७८ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये ४४२ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

हालसम्म ३०६ जनाले ज्यान गुमाएका छन् । थप तीन नेपालीको मृत्यु भएसंगै कतारमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या २१ पुगेको छ । अहिलेसम्म कतारमा ९ लाख ३४ हजार ८४३ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउँदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस