कर्णाली प्रदेश सरकारको निरन्तरताबारे आज छिनोफानो

सफल खबर संवाददाता

आइतबार, २२ चैत्र २०७७, ११ : ४५
कर्णाली प्रदेश सरकारको निरन्तरताबारे आज छिनोफानो

काठमाडौँ । कर्णाली प्रदेश सरकारको निरन्तरताबारे आज छिनोफानो हुने भएको छ । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारको निरन्तरता माधव नेपाल पक्षको मुख्य हात छ । 

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समर्थन जारी राखेको तर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले समर्थन फिर्ता लिइसकेको शाही नेतृत्वको सरकारको भविष्यबारे निर्णय हुने सम्भावना प्रवल बनेको हो।

आइतबार एमाले संसदीय दलको बैठक बस्दैछ। ओली पक्षले यही चैत्र पाँच गतेबाट शाही नेतृत्वको सरकारको समर्थन फिर्ता लिएको थियो। तर नेपाल पक्षले आफ्नो समर्थन जारी राखेको छ ।

प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मंगलबार मुख्यमन्त्री शाहीलाई सरकार अल्पमतमा परिसकेकाले तत्काल विश्वासको मत लिन ध्यानाकर्षण पत्र पठाएका थिए।

शाहीले भने आफ्नो सरकार बहुमतमै रहेको भन्दै अहिले विश्वासको मत लिन नपर्ने दाबी गर्दै आएका थिए। 
ओली पक्षका एक सांसदले नेपाल पक्षका सांसदले पनि आज सरकारको समर्थन फिर्ता लिने दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस