काठमाडौँ । अचानक माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आज ११ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको हो । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी गरिरहँदा संसद बैठक स्थगित गर्नुलाई चासोका साथ हेरिएके छ । यसबाट माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिने हो कि भन्ने संकेत पनि देखिएको छ ।
तर, अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले बैठक स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले बताए ।काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ, तर केही गृहकार्य गर्न अझै बाँकी रहेकाले माओवादी केन्द्रले तत्काल समर्थन फिर्ता नलिने संकेत छ ।
माओवादीले काँग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न चाहेको छ । माओवादी, जसपा र काँग्रेस पार्टी मिलेमत्र ओली सरकार ढल्छ । यता माओवादीले समर्थन फिर्ता लिएमात्र प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले कुनै निर्णय नगर्ने बताएका छन्।
शनिबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष गरेकी थिइन्, तर अचानक बैठक स्थगित किन भयो भन्ने विषयमा केन्द्रकै नेताहरुले अभभिज्ञता देखाएका छन् । केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको दावी गरे पनि तत्काल यो दावी कार्यान्यन हुने स्थिति देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०७७, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने
माओवादीले रोकेको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ बाट सुरु हुने