कोरोना अपडेट : थपिए १ सय २८ जना कोरोना संक्रमित, १ सय ६१ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०७७, १६ : २३
कोरोना अपडेट : थपिए १ सय २८ जना कोरोना संक्रमित, १ सय ६१ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय २८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार १ सय ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार १ सय २३ पुगेको छ।

हाल देशभर १ हजार ६ सय १३ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस