नबुझ्नेहरुले सरकारलाई तानाशाही भनिरहेका छन् : प्रधानमन्त्री

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०७७, १३ : ०३
नबुझ्नेहरुले सरकारलाई तानाशाही भनिरहेका छन् : प्रधानमन्त्री

file Photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई मन नपराउनेहरुले अनावश्यक भ्रम फैलाएको आरोप लगाएका छन् । उनले आफ्नो राजनीतिक ‘सटर’ बन्द हुने भएकाले नै केहीले सरकारले केही कामै गरेको छैन भन्दै अफबाह फैलाउने गरेको दावी गरे । 

आफू नेतृत्वको सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको भएकैले विपक्षीहरुले तथ्यहीन तर्कवितरर्क गरेर सरकारको विरोध गर्न खर्चिएको उनको भनाइ छ । उनले विरोधमा सरकारलाई तानाशाही भन्नेहरुले त्यसको अर्थ नै नबुझेको पनि टिप्पणी गरे । 

‘विरोधमा केही मान्छे तानाशाही आयो भन्छन्, के हो तानाशाही भनेको ? फासीवाद भनेको शब्द नबुझेर बोलेको हो कि ?’, उनले भने, ‘ जसले यसो भनिरहेका छन् । ती मान्छेले नै फासीवाद ल्याउन खोजेका थिए।  लोकतन्त्र विरुद्ध जसले गलत काम गर्छ, उसैले तानाशाह, फासीवाद र अधिनायकवाद भन्छ । नबुझेर बोलेजस्तो लाग्यो ।’
सरकारले यस्ता भ्रमपूर्ण कुरामा नभइ जनता, विकास, देशको हित र स्वाविमानमा ध्यान दिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस