३ वर्षमा दोब्बर बन्यो मोबाइल फोन आयात

पत्रपत्रिकाबाट

शनिबार, २१ चैत्र २०७७, ०६ : ५७
३ वर्षमा दोब्बर बन्यो मोबाइल फोन आयात

तीन वर्षमा मोबाइल फोन आयात दोब्बर पुगेको छ ।

आर्थिक वर्ष २०७५÷७६, २०७६÷७७ र २०७७÷७८ को फागुन मसान्तसम्म मोबाइल फोनको आयात दोब्बर पुगेको भन्सार विभागको तथ्यांक छ ।

आर्थिक वर्ष २०७५÷७६ को फागुनमा १२ अर्ब ६३ करोड ११ लाख ४७ हजार रुपैयाँ बराबरको आयात भएकोमा आर्थिक वर्ष २०७६÷७७ को सोही अवधिमा १४ अर्ब ३७ करोड ३ लाख ९६ हजार रुपैयाँ बराबरको मोबाइल फोन आएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७७÷७८ को फागुनसम्म २६ अर्ब ३० करोड ५४ लाख ९५ हजार रुपैयाँ बराबरको मोबाइल फोन भित्रिएको छ । यो आर्थिक वर्ष २०७५÷७६ को सोही अवधिको तुलनामा १३ अर्ब ६७ करो ड ४३ लाख ४७ हजार रुपैयाँ बढी हो।

त्यस्तै आर्थिक वर्ष २०७६÷७७ को तुलनामा ११ अर्ब ९३ करोड ५० लाख ९८ हजार रुपैयाँले धेरै भएको विभागको तथ्यांक छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस