चटपट खान्छन्, अण्डा खान मान्दैनन् युवती : कारण यस्तो रहेछ

बुधबार, १४ चैत्र २०७४, १५ : ११
चटपट खान्छन्, अण्डा खान मान्दैनन् युवती : कारण यस्तो रहेछ

कुखुराको अण्डा पोषण्को प्रमुख स्रोत हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ । शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरुले रुची नदिने चिकित्सकहरुले बताएका छन् ।

खास गरेर १७ देखि २५ उमेरसम्मका युवतीले अण्डा खान रुची नदिने देखिएको छ । कसै कसैका आमाबाबुले हामीलाई समेत लौन डाक्टर साप छोरीलाई अण्डा खाँदा हुने फाइदा बताइदिनुपर्यो भन्नुहुन्छ ।

निकै प्रष्टसँग फाइदाका बारेमा कुरा राखेपछि एकाध बल्ल तयार हुन्छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षसमेत रहेका चिकित्सक डा. भोजराज अधिकारीले भने । डा. अधिकारीले भने, 'यो उमेरका युवायुवतीलाई अण्डाले झन निकै फाइदा गर्छ । तर मोटाइन्छ भन्ने त्रासले उनीहरु अण्डा खाँदैनन् ।'

'बरु खाउमा चटपट, चाउचाउ लगायत फास्टफुड खाँदै हिँडेको देखिन्छ तर, शरीरलाई फाइदा गर्ने अण्डा खान नमान्ने रहेछन्' डा. अधिकारीले भने । यो उमेरका युवायुवतीलाई अण्डा खाँदा हुने फाइदाका बारेमा बुझाए उपभोग बढ्ने उनले बताए ।

अण्डाका विशेषता
-अण्डामा कार्बोहाइड्रेड हुन्छ तर बोसो बढाउने कार्बोहाइड्रेड हुँदैन ।
-अण्डामा हुने प्रोटिन र हाम्रो शरीरमा हुने प्रोटीन मिल्ने भएकाले अण्डा खनु फाइदाजनक छ ।
-हाम्रो शरीरलाई चाहिने तर शरीरभित्र नबन्ने १० वटा अमाइनो एसिड पनि अण्डामा हुन्छ ।
-अण्डामा पाइने प्रोटिनमा कोलिन भन्ने तत्व हुने र यसले दिमागलाई राम्रो गर्नेछ ।
-पहेँलो भागमा चिल्लो पदार्थ हुने भए पनि यसले शरीरलाई खास गरेर मुटु र रक्तसञ्चारलाई फाइदा गर्नेछ ।
-उसिनेको अण्डा खानु निकै हितकर हुन्छ ।

प्रतिक्रिया दिनुहोस