काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । समसामयिक राजनीति र महाधिवेशन कार्यतालिका हेरफेरबारे निर्णय लिन बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।
दिउँसो २ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भदौ ७ गतेदेखि हुने १४ औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने बताइएको छ ।
चैत १० गतेसम्म क्रियाशील सदस्यता विवरण कांग्रेस कार्यालयमा आइपुग्नुपर्ने भएपनि हालसम्म अधिकांश जिल्लाहरुले विवरण बुझाएका छैनन् । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सम्भावित सत्ता समीकरण र माओवादी, जसपा लगायतका दलसंग भएको वार्ताबारे पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०७७, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति