काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । समसामयिक राजनीति र महाधिवेशन कार्यतालिका हेरफेरबारे निर्णय लिन बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।
दिउँसो २ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भदौ ७ गतेदेखि हुने १४ औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने बताइएको छ ।
चैत १० गतेसम्म क्रियाशील सदस्यता विवरण कांग्रेस कार्यालयमा आइपुग्नुपर्ने भएपनि हालसम्म अधिकांश जिल्लाहरुले विवरण बुझाएका छैनन् । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सम्भावित सत्ता समीकरण र माओवादी, जसपा लगायतका दलसंग भएको वार्ताबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०७७, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादन सन्तोषजनक नभए समानुपातिक सांसदलाई काँग्रेसले फिर्ता बोलाउने
ओली र लेखक पक्राउ पर्दा कांग्रेसमा विज्ञप्तिको जात्रा
ओली र लेखकलाई सरकारले गलत ढंगले पक्राउ गरेको काँग्रेसको निष्कर्ष
कांग्रेसका सांसदहरूलाई शीर्ष नेताहरूले प्रशिक्षण दिँदै
कांग्रेसले भोलि पार्टीका सांसदलाई प्रशिक्षण दिने
काँग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका संशोधन, असोज १६-१९ सम्म गर्ने निर्णय