बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण

एजेन्सी

शुक्रबार, २० चैत्र २०७७, ०८ : ५६
बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छिन् । केही समय अगाडी उनका पे्रमी अभिनेता प्रेमी रणवीर कपूरलाई पनि कोरोना संक्रमण भएको थियो । उनी अहिले कोरोनामुक्त भएका छन् । उनी मुक्त भएको केही दिन नबित्दै उनकी पे्रमिका भट्ट पनि संक्रमित भएकी हुन् ।

बलिउडमा कार्तिक आर्यन, रणवीर, मनोज वाजपेयी, आमिर खान र तारा सुतारिया जस्ता कलाकारहरु कोभिड संक्रमणमा परिरहँदा अब यो सूचीमा आलिया पनि अटाएकी छन् । भारतीय संचारमाध्यमहरुका अनुसार आलियाले इन्स्टाग्राममा आफू कोरोनाको संक्रमणमा परेको जानकारी दिएकी छन् । ‘हेलो, म कोभिड संक्रमित भएकी छु । म घरमै छु र मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु ।

चिकित्सकको निर्देशन अनुसार सबै कोभिड नियमलाई पालना गरिरहेकी छु । तपाईहरु सबैको प्रेम र सहयोगका लागि धन्यवाद । सबैले स्वास्थ्यको ख्याल गर्नुहोला’, उनले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस