दाङमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइँदै

रासस

विहीबार, १९ चैत्र २०७७, १५ : ४४
दाङमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइँदै

दाङ । यही चैत २० गतेदेखि दाङका दश स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी गरिएको छ । दश वर्षदेखि  निरन्तर खुवाउँदै आएको सो रोगविरुद्धका औषधि ११औ पटक खुवाइँदै छ । राष्ट्रिय हात्तीपाइले कार्यक्रम सर्भेको प्रारम्भिक तथ्यााङ्क अनुसार जिल्लाका विभिन्न पालिकाका ५४२ मा गरिएको नमूना परीक्षणमा ६।२२ प्रतिशत अर्थात १५८ यो रोगको सङ्क्रमण देखिएको छ ।

हात्तीपाइले रोग रेशा जस्ता कीटाणुको सङ्क्रमणबाट लाग्ने गर्दछ । यसको वयस्क परजीवी ८ देखि १० सेन्टिमिटरसम्म लामो हुन्छ । यो परजीवी ¥याल ग्रन्थी लिम्फ नोडमा हुन्छ । राप्ती गाउँपालिकाका ३३ हजार २९३ लाई औषधि खुवाइ ३२२ मा कीटाणुको सङ्क्रमण जाँच गर्दा ९ प्रतिशत अर्थात २३ मा  हात्तीपाइले रोगका कीटाणु देखिएकाले यसलाई न्यून गर्न सरोकारवालाबीच छलफल गरिएको हो ।
 
राप्ती गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नारायण राउतले विगत वर्ष जस्तै यस वर्ष पनि नागरिकलाई हात्तीपाइले रोगबाट बचाउन औषधि खुवाउन थालिएको  जानकारी दिए । क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट सर्ने यो रोग शरीर कुनै एक भाग वा अङ्गमा लाग्ने र त्यो अङ्ग सुनिँदै जाने भएकोले हात्तीपाइले रोग भनेर चिनिन्छ 

“लामखुट्टेको टोकाइबाट सर्ने रोग विभिन्न खालका छन् तर पनि हात्तीपाइले रोग नसर्ने रोग हो, यसले मानिसको तुरुन्तै मृत्यु हुँदैन,”उहाँले भन्नुभयो, “यस रोगले भेटेपछि उपचार नहुने भएकाले मानिसलाई जीवनभर भद्दा शरीर लिएर बाँच्नुपर्ने बनाउँछ । ”लामखुट्टेले रातको समयमा रोगीलाई टोक्दा रगतसँगै सुक्ष्म फाइलेरिया यसको पेटमा जान्छ । लामखुट्टेको पेटमा विकसित भएर यो परजीवी मुखको ¥याल ग्रन्थीमा जम्मा हुन्छ ।” 

 विगत १० वर्षदेखि जिल्लामा निरन्तररुपमा औषधि खुवाउने अभियान सञ्चालन भए पनि सङ्क्रमण दर ६ प्रतिशतभन्दा माथि रहेको छ । जिल्लाभरको आठ ठाउँमा दुई हजार ५४२ मा गरिएको नमूना परीक्षणमा १५८ अर्थात ६ दशमलब २२ प्रतिशतमा सङ्क्रमण देखिन आएको हो । नमूना परीक्षणका ठाउँमध्ये गढवा गाउँपालिका सबैभन्दा जोखिममा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गढवामा ३३० मा गरिएको परीक्षणमा ६२ मा सङ्क्रमण देखिएको हो । 

प्रतिक्रिया दिनुहोस