काठमाडौँ । नेकपा एमाले नेपाल–खनाल खेमाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डे माथिको कारबाही भद्दा मजाक भएको प्रतिक्रिया दिएका छन्।
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यद्वय भुसाल र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि त्यसको विरोध गर्दै सदस्य भट्टराईले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘ॠषिमुनी र वुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकल विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन्। कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ।’
ओलीले बिहीबार भुसाल र पाण्डेलाई पार्टी विधान विपरित कार्य गरेको आरोप लगाउँदै ६ महिनाका लागि निलम्बन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०७७, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई