काठमाडौँ । नेकपा एमाले नेपाल–खनाल खेमाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डे माथिको कारबाही भद्दा मजाक भएको प्रतिक्रिया दिएका छन्।
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यद्वय भुसाल र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि त्यसको विरोध गर्दै सदस्य भट्टराईले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘ॠषिमुनी र वुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकल विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन्। कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ।’
ओलीले बिहीबार भुसाल र पाण्डेलाई पार्टी विधान विपरित कार्य गरेको आरोप लगाउँदै ६ महिनाका लागि निलम्बन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०७७, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई
गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु : योगेश भट्टराई
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई