प्रधानन्यायधिस जबराले तोके ‘नेकपा’ विवादको पुनरावलोकन निवेदन सुनुवाईमा आफु सहित तिनजना न्यायधिसको इजलास

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०७७, १० : ४०
प्रधानन्यायधिस जबराले तोके ‘नेकपा’ विवादको पुनरावलोकन निवेदन सुनुवाईमा आफु सहित तिनजना न्यायधिसको इजलास

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता गराएको पुनरावलोकन निवेदनमा चोलेन्द्र शमशेर जबराले आफै हेर्ने भएका छन् । 

यो निवेदनमा उनीसिहत न्यायाधीश तेजबहादुर केसी तथा न्यायाधीश प्रकाश कुमार ढुंगानाको पूर्ण इजलास पेसी तोकिएको छ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तीन न्यायाधीशको पूर्ण इजलास तोकेका हुन्। उक्त इजलासले वहसबिनै पुनरावलोकनको अनुमति (निस्सा) दिने वा नदिनेबारे निर्णय गर्नेछ।

सर्वोच्चले निस्सा दिएमा यो विवादमा फेरि अदालतमा वहस हुनेछ। यदि निस्सा दिन अस्विकार गरेमा भने यो विवाद टुङ्गो लाग्नेछ। फागुन २३ गते न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम बदर हुने फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस