‘नेकपा’ विवादमा माओवादी केन्द्रले दिएको पुनरावलोकन निवेदन माथि सर्वोच्चले आज निर्णय लिदैं

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०७७, ०९ : ०७
‘नेकपा’ विवादमा माओवादी केन्द्रले दिएको पुनरावलोकन निवेदन माथि सर्वोच्चले आज निर्णय लिदैं

काठमाडौं । ‘नेकपा’ विवादमा सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेकपा माओवादी केन्द्रले दायर गरेको पुनरावलोकन निवेदनमाथि निस्सा दिने–नदिनेबारे आज सर्वोच्च अदालतले निर्णय गर्दैछ ।

उक्त निवेदन उपर आज सर्वोच्चले मुद्दा अगाडि बढाउनेरनबढाउनेबारे टुंगो लगाउनेछ । सर्वोच्चले आज निस्सा प्रदान गरेको अवस्थामा मात्र यो मुद्दाको सुनुवाई अगाडि बढ्नेछ ।

एमाले–माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस