महोत्तरीमा अज्ञात समुहको गोली प्रहारबाट एकजना घाईते

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०७७, ०८ : ४४
महोत्तरीमा अज्ञात समुहको गोली प्रहारबाट एकजना घाईते

जनकपुरधाम । अज्ञात समूहले गोली प्रहार गर्दा महोत्तरीमा एकजना घाइते भएका छन् । 

बुधबार बेलुका करिब साढे ७ बजे अज्ञात समूहले चलाएको गोली लागेर बर्दिबास नगरपालिका वडा नम्बर १ का रोशन कोइराला घाइते भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन् ।

औरही नगरपालिका वडा नम्बर ४ स्थित सेरामा गोली चल्दा कोइराला घाइते भएका हुन् । घाइते भएका कोइरालाको बर्दिबासमा उपचार भइरहेको छ । गोली कसले र किन चलाएको भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस