भेरी अस्पतालमा एकै पटक १८ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, १८ चैत्र २०७७, १२ : १४
भेरी अस्पतालमा एकै पटक १८ जनामा कोरोना संक्रमण पुष्टि

बाँके । बाँकेस्थित भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा एकै पटक १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको ल्यावमा भएको पीसीआर परीक्षणमा ४५ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

अस्पतालले दिएको जानकारी अनुसार कोरोना पुष्टि हुनेहरुमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका १/१ जना छन् ।

बाँकेमा आज आएको रिपार्टसँगै ४७३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६४९ जना निको भएर घर फर्केका छन् । बाँकेमा जिल्ला भित्रका ५६ र जिल्ला बाहिरका ८८ गरि १४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस