डोल्पामा दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध

रासस

बुधबार, १८ चैत्र २०७७, ११ : २८
डोल्पामा दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध

सांकेतिक तस्विर

जाजरकोट । दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् । जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा  रहेको  नमस्ते  मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो ।

टावर मर्मतका लागि नेपाल  टेलिकम  क्षेत्रीय कार्यालय नेपालगञ्जलाई जानकारी गराएको भए पनि हालसम्म मर्मत हुन नसकेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।  

नेपाल टेलिकम क्षेत्रीय कार्यालयका उपनिर्देशक शिव खनालले मर्मतका लागि टोली पठाउने तयारी भइरहेको जानकारी दिए । यसका साथै उक्त स्थान भन्दामाथि लेकमा रेडियो  लिङ्कबाट  मोबाइल  र  टेलिफोन  सञ्चालनका  लागि  रेडियो  लिङ्क  जडान  कार्य  पनि  भइरहेकाले  मर्मत  गर्न  ढिलो  भएको क्षेत्रीय उपनिर्देशक खनालले बताए ।  
 

प्रतिक्रिया दिनुहोस