काठमाडौँ । छिमेकी देश भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । मंगलबारको तुलनामा संक्रमितको संख्या ३ हजारले कम भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यसअघि गत सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २१ लाख ४८ हजार ४८७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १४ लाख ३२ हजार ५२ जना संक्रमणमुक्त भएका छन् ।
अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ५३ हजार ९३३ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ५०२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ३५५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ चैत्र २०७७, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा