काठमाडौँ । छिमेकी देश भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । मंगलबारको तुलनामा संक्रमितको संख्या ३ हजारले कम भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यसअघि गत सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २१ लाख ४८ हजार ४८७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १४ लाख ३२ हजार ५२ जना संक्रमणमुक्त भएका छन् ।
अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ५३ हजार ९३३ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ५०२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ३५५ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ चैत्र २०७७, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इयू र भारत व्यापार सम्झौताको नजिक
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर